कोरोनामुक्त भएकालाई समाजको डर र विभेद

चरीकोट  । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गर्नुभयो तर समाजमा विकसित भएको भेदभाव र छि–छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उहाँ आफूलाई आँसुमा परिणत गर्नुहुन्छ । बुधबार घर फर्कनुभएकी उहाँले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताउनुभयो ।
मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन ।

घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ –उहाँले गहभरि आँसु पार्दै भन्नुभयो ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको भए पनि पाँच वर्षीय छोरासहित परिवारमा बस्दै आउनुभएकी उहाँको परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । पङ्जुलाई कोरोना देखिएपछि सँगै काम गर्ने अर्की स्वास्थ्यकर्मी विन्दिय श्रेष्ठ पनि एक हप्तासम्म पीडामै बस्नुभयो ।

साथीलाई कोरोना पोजेटिभ देखेपछि भीमेश्वर नगरपालिका–३, चरीकोटकी श्रेष्ठको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएयता उहाँलाई बस्न, खान मुस्किल बनाए । गाउँ, समाजले कोरोना पुष्टि नहुँदै गाउँ, समाजमा हुर्कंदै गरेको निर्दयी व्यवहारले घरीघरी पीडा हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले स्वाब सङ्कलन गरेदेखि नै होम आइसोलेसनमा बसेको मेरो परिवारलाई समेत अपराधी ठान्यो यो समाजले । मेरो घरअगाडि सडक छ तर मान्छे परपर गरेर हिँड्ने गरेको सासूससुराले सुनाउँदा मन रुन्थ्यो भन्नुभयो ।
स्वाब सङ्कलन गरेदेखि नै घर परिवारदेखि छुट्टै बस्दै आएका मेरा छोराछोरीलाई अघिपछि सधैँ सँगै खेल्ने छिमेकीका बा(लबालिकासँग खेल्नसमेत बन्देज गरियो । खेलेको देखे कि उनीहरूका बुबाआमाले घरको झ्यालबाट बोलाइहाल्ने गरेको उहाँले बताउनुभयो ।

श्रेष्ठले म पनि एक स्वास्थ्यकर्मी हुँ, के गर्न हुन्छ, हुँदैन मलाई पनि थाहा छ तर समाजले कोरोना पुष्टि नहुँदै मलाई, मेरो परिवारलाई अपराधी झँै व्यवहार ग¥यो । कोरोना पुष्टि नहुँदै मलाई कोरोना छ भनेर हल्ला गरे, कोरोना भएकाले रिपोर्ट ढिलो आयो, लुकायो भन्नसम्म भ्याए तर आज मेरो स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भन्नुभयो ।

दोलखामा हालसम्म ३१ जनामा कोरोना सङ्क्रमण भएकामध्ये उपचारपछि १८ जना निको भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । (गोरखापत्र दैनिकबाट )

 

 

 

प्रतिक्रया दिनुहोस्