अछाममा एक युवकको हत्या आरोपमा ६ जना पक्राउ

अछाम । प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९ वर्षका खेमराज शाही, २० वर्षका भूपेन्द्र शाही, २० वर्षका विनोद बहादुर शाही, २१ वर्षका अक्कल शाही, १९ वर्षका विनोद शाही र २५ वर्षका रमेश शाही रहेका छन् ।

प्रहरीका अनुसार, भदौ १६ गते मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका २४ वर्षका सन्तोष भण्डारीलाई सोही वडा खानडाडाका भन्ने स्थानमा भुपेन्द्र शाही लगायत ७÷८ जनाको समुहले कुटपिट गरेका थिए ।

घाइते भण्डारीको अछाम जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्