महाकाली नदीमा डुबेर एक युवक वेपत्ता

कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवक वेपत्ता भएका छन्।

प्रहरीका अनुसार, महाकाली नगरपालिका वडा नम्बर १० का १८ वर्षीय प्रिन्स सुनार बिहिबार नुहाउने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन्।

प्रहरीले अहिले वेपत्ता भएका युवकको खोजी गरिरहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्