काठमाडौंमा ३८६ सहित उपत्यकामा ४५४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् ।

शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२   जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२  र ललितपुरमा ४६  जना गरी ४४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्