कोरोना संक्रमणको दर उच्च बन्दै ,एकैदिन १३ सय ५९ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४४ हजार २३६ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ६३८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १३५४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। देशभर कोरोना निको हुने ५८ प्रतिशत पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ५६१ जना रहेका छन्।

 

 

 

प्रतिक्रया दिनुहोस्