आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका हुन् ।

मंगलबार महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) अमर थापाले बताए।

डिएसपी थापाका अनुसार, अदालतबाट पाँच दिन म्याद थप गरि घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्