१९ वर्षीया युवतीलाई सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

काठमाडौं । १९ वर्षीया युवतीलाई सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने २८ बर्षका लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका– १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ का रतनबहादुर शाही रहेका छन् ।

उनीहरूले एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि– १ दहचोक बस्ने एक युवतीलाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए ।

पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रैहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्