कस्तो रहला आजको मौसम ? मौसमविद भन्छ्न सतर्कता अपनाउनुहोला

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर भारी वर्षाको संभावना रहेको जनाएको छ । वर्षाका कारण बाढी र पहिरोको सम्भावना धेरै भएकाले सम्पूर्ण नागरिकलाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रहि थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्