अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० मा इंग्ल्यान्डको जित

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० खेलमा घरेलु टिम इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ।शुक्रबार राति साउथह्याम्टनमा भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित हात पारेको हो।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन जोड्यो।

उसका लागि डविड मलानले ४३ बलमा ६६ रन र ओपनर जोस बटलरले २९ बलमा ४४ रनको योगदान दिए। बलिङमा अस्ट्रेलियाका अस्टन अगर, केन रिचार्डसन र ग्लेन म्याक्सवेलले २-२ विकेट लिए।

१६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको उसले १२ रन मात्र जोड्न सक्यो। मार्कोस स्टोइनिसले १८ बलमा नटआउट २३ रन जोडेका थिए।

अस्ट्रेलियालाई अन्तिम ६ ओभरमा केवल ३९ रन चाहिएको थियो भने उसको ९ विकेट बाँकी थियो। तर इंग्ल्यान्डका बलरले उत्कृष्ट प्रदर्शन गर्दा अस्ट्रेलिया पराजित भयो। त्यसअघि डेभिड वार्नरले ४७ बलमा ५८ रन तथा कप्तान आरोन फिन्चले ३२ बलमा ४६ रनको योगदान दिए। स्टिभ स्मिथ १८ रनमा आउट भए।

बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले २-२ विकेट लिए। जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लियो।

 

 

 

प्रतिक्रया दिनुहोस्