
खोटाङ । खोटाङमा दुई जनाको विभत्स हत्या भएको छ । जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो ।
शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गर्यो भन्ने कारण भने खुलेको छैन । तर, स्थानीयका अनुसार, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन् ।
घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी नारायण प्रसाद चिमोरियासहितको टोली घटनास्थल पुगेको छ ।