कोतोना कहर : दैनिक एक हजार संक्रमित हुने मुलुकको सूचीमा नेपाल ११औँ स्थानमा

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ । पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ ।

संक्रमण फैलिएका विश्वका २१५ मुलुकमध्ये नेपाल ५५औँ स्थानमा छ भने एसियामा २०औँ स्थानमा पर्दछ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कम्तिमा एक हजार संक्रमित फेला परेका अन्य मुलुकहरूमा बंगलादेश, रोमानिया, फिलिपिन्स, युक्रेन, इन्डोनेसिया, इरान, मेक्सिको रसिया, अमेरिका र भारत छन् ।

यो समाचार तयार पार्दासम्म रोमानियामा १२६९, फिलिपिन्समा २५२९, युक्रेनमा २८३६, इन्डोनेसियामा ३१२८, बंगलादेशमा १९५०, इरानमा १८९४, मेक्सिकोमा ६१९६, रसिया ५२२५, भारत १४१०० र अमेरिका १११९ जनामा संक्रमण भएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्