उद्योगपति विनोद चौधरी भए कोरोना संक्रमणबाट मुक्त

काठमाडौं ।उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् ।

गत भदौ १२ गते चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई कोरोना संक्रमण देखिएकाे थियो ।  शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोनामुक्त भएको बताए ।

सबैको मायाँ र प्रेरणाले उर्जा मिलेको र त्यही उर्जाकै कारण कोरोना संक्रमणमुक्त भएको उनले जनाएका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्