थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी अनुसार अस्पतालमा शनिबार गरिएको १३४ नमुना मध्ये ३४ नमुनामा पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु मध्ये चितवनका ३० जना रहेका छन् भने नवलपुरका ३ जना र कास्कीका एक जना रहेका छन् ।

चितवनका संक्रमित मध्ये भरतपुर महानगरको वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १०, १३, १८, २१ र २२ का २९ जना रहेका छन् भने राप्ती नगरपालिका-२ का एक जना रहेका छन् । यो परिक्षणको नतिजा गएराती १२ बजेसम्मको रहेको डा. अधिकारीले जानकारी दिएकी छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्