बर्दगोरिया गाउँपालिकाकै कार्यालयमा राष्ट्रिय झण्डाको टिठलाग्दो दृश्य

रमेश बम,कैलाली । राष्ट्रिय झण्डाले देशको पहिचान दर्साउछ । देशको सरकार र नागरिकले आफ्नो राष्ट्रिय झण्डाको गौरव बढाउने यही राष्ट्रिय झण्डा हो । झण्डा हावाको बेगमा फरफराउने केही मिटर कपडा मात्र होईन यो त स्वाभिमान र सम्मानको संकेत र प्रतिक हो ।

तर कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यालयमा भने यसको खिल्ली उडाइएको पाइएको छ । सरकारी संयन्त्र भयर पनि राष्ट्रिय झण्डा पुरानो भयर लथ्रीएको लामो समय भैसक्दा पनि फेरिएको छैन ।

स्थानीय सरकारको हैसियतले यहाँबाट दैनिक सरकारी कामकाज संचालन हुने गर्द्छ । यहाँ फहराइरहेको राष्ट्रिय झण्डा हेर्दा लाग्छ झण्डाको गौरव भनाई र लेखाइमा मात्रै सिमित छ। राष्ट्रिय झण्डाको मर्यादा र गरिमा व्यवहारमा पालना भएको देखिदैन ।

दैनिक सैयौको आँखा पर्ने राष्ट्रिय सम्पदाको शीर राष्ट्रिय झण्डा पुरानो भयर यसरी खस्दासम्म पनि यहाँका सरोकारवालाको ध्यान पुगेको छैन। बर्दगोरिया गाउँपालिकाको कार्यालयमा राखिएको राष्ट्रिय झण्डा धुजाधुजा परेर खसिसक्दा पनि यसको व्यवस्थापन गरिएको छैन । यतिमात्र होइन झण्डाले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिको समेत धज्जी उडाएको देखिन्छ। यतिबेला गाउँपालिकाको कार्यालयमा राखिएको राष्ट्रिय झण्डाले आफ्नो अस्तित्व खोजिरहेको छ ।

राष्ट्रिय झण्डाको यो टिठलाग्दो दृश्य देखेर यहाँ कामकाजका लागि जाने जोकोही देशभक्त नागरिकलाई लज्जाबोध हुनेगर्छ । तर त्यहीबाट देश र जनताको सेवा गर्नेको आँखामा भने राष्ट्रिय झण्डाको यो दुर्दशाले कत्ति पनि फरक पारेको देखिदैन । यदि पार्थ्यो भने यसको समाधान भैसक्यो अहिलेसम्म । तर एक महिनादेखि राष्ट्रिय झण्डाले आफ्नो अस्तित्व खोजिरहेको छ ।

राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही÷कसैले पनि पाउँदैन । तर जिम्मेवार निकायबाट नै यसको सोधखोज र व्यवस्थापन नहुनु आफैमा ठूलो कमजोरी हो ।

सरकारी कार्यालय भवनभित्र र बाहिर तथा आवास भवनहरूमा प्रयोग गरिने राष्ट्रिय झण्डा हरेक वर्षको बडा दशैं र नव वर्षको अवसरमा अनिवार्य रूपमा नयाँ फेर्नु पर्ने कानुनी प्राबधान छ । तर राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा यस कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिन्छ । यद्यपि यस बर्दगोरिया गाउँपालिकामा भने यसको पालना गरिएको देखिदैन ।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा शर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ ।

नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ बनाए पनि त्यो सरकारी पक्षबाटै कार्यान्वयन भएको छैन । यसको यो ज्वलन्त उदाहरण पनि हो ।

यहाँ राष्ट्रिय झण्डा पुरानो भयर केबल कपडा मात्रै च्यातिएको हैन ,भुइमा खसेको होइन । यो त सम्मानको सीमा कुल्चिएको दर्दनाक दृश्य हो ,गाउँपालिकामा सेवा लिन जानेको दुखेसो यही छ । राष्टिृयताको प्रतीक र राष्ट्रियता प्रतिको बेवास्ताले हाम्रो व्यबस्थापनको कमजोरी छताछुल्ल बनाएको प्रष्ट देखिन्छ उनीहरू भन्छ्न यो देशको गौरव ,राष्ट्रियताको प्रतीक र् शानको गति हेरेर लाज नमान्नेहरुलाई अब चसक्क छात्ति दुख्ने नागरिकको यही गुनासा सुन्ने फुर्सद छ कि ?

 

 

 

प्रतिक्रया दिनुहोस्