भजनीमा लोपोन्मुख राजी समुदायका लागि अब नयाँ घर

धनगढी । कैलालीको भजनी नगरपालिकामा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ ।
मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले नयाँ घर पाउने भएका हुन् ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

अतिविपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिने बताईएको छ ।

भजनीमा राजी बस्तीमा दुईकोठे पक्की भवन र शौचालयसहितको घर निर्माण हुने भएको छ । घर निर्माण हुने भएपछि राजी समुदायमा छाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्