कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लम्कीचुहा नगरपालिकाको सबै कामकाज बन्द

गोविन्द बीसी, बौनिया । कैलालीको लम्की-चुहा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै सेवाहरु बन्द गरिएको छ ।

आइतबार एक सूचना जारी गर्दै कैलालीको लम्कीचुहा नगरपालिकाले कार्यालयमा कार्यरत एकजना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण भएकोले प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवकुमार जैसीद्वारा सार्वजनिक गरिएको सूचनामा अन्य कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको उल्लेख छ ।

सोको नतिजा नआउन्जेलसम्मका लागि लम्कीचुहा नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको जनाइएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्