कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मत्यु

विराटनगर । एक महिनाको अविधमा विराटनगर महानगरपालिका–११ मा एकै परिवारका तीन जनाको मत्यु भएको छ ।

मृत्यु भएका तीनजनामध्ये एक जनाको मृत्यु कालगतिले भए पनि अन्य दुईको मृत्यु कोरोनाका कारण भएको हो । कालगतिका कारण वृद्धको मृत्युसँगै ९ भदौ र २० क्रमश: ४० र ४३ वर्षीया ती वृद्धका छोरीको मृत्यु भएको हो ।  मृत्यु भएका ती दिदीबहिनीको मृत्यु कोरोनाका कारण भएको हो ।

विराटनगर– ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेका अनुसार  वृद्ध पुरुष पहिले देखि केही रोगी भए पनि उनका  छोरीहरुमा त्यस्तो गम्भीर केही रोग थिएन । यसका अलवा न्यौपानेले  मृतक परिवारका अन्य सातजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो ।

विराटनगर–१५ मिल्स एरिया घर भएकी उनी बुबाको काममा विराटनगर–११ स्थित माइतीमा बसेकी थिइन् । उनको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्