देशका चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना ,उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले सोमबार देशका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ । विभागले सोमबार बिहान प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ ।

विभागका अनुसार प्रदेश १, प्रदेश २, वबागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्वयम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै  प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा भारी वर्षाको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।
 

 

 

प्रतिक्रया दिनुहोस्