ताप्लेजुङमा पहिरो खस्दा दुई जनाको मृत्यु

ताप्लेजुङ । अविरल वर्षापछि ताप्लेजुङमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा गएराति पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो ।

सिरिजंघा गाउँपालिका–४ स्थित पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुराज थेबेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

घटनास्थलबाट आज बिहान स्थानीयबासीको सहायतामा प्रहरीले उनीहरुको शव निकालेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्