
बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नयाँ राष्ट्रिय झण्डा फहराइएको छ । गाउँपालिकाकै कार्यालयमा राष्ट्रिय झण्डाको टिठलाग्दो दृश्यसहितको समाचार हिमाली टाइम्स डट.कम.ले प्रकाशित गरेपछि नयाँ राष्ट्रिय झण्डा फहराइएको हो ।
यसअघि गाउँपालिकाको कार्यालयमा राखिएको राष्ट्रिय झण्डा धुजाधुजा परेर खसिसक्दा पनि यसको व्यवस्थापन नगरिएको नागरिक गुनासो थियो । यतिमात्र होइन झण्डाले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिको समेत धज्जी उडाएको स्थानीयले बताएका थिए ।
यसअघिको दृश्य
राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्टिृयताको प्रतीक र राष्ट्रियता प्रतिको बेवास्ताले हाम्रो व्यबस्थापनको कमजोरी छताछुल्ल बनाएको खबर हिमाली टाइम्स डट.कम.मार्फत प्रकाशित भएपछि नागरिकले स्थानीय सरकारको चर्को विरोध र आलोचना गरेका थिए । लगत्तै गाउँपालिकाले सोमबार कार्यालय भवनमा नयाँ राष्ट्रिय झण्डा फहराएको हो ।