कस्तो रहला आजको मौसम ? यस्तो छ मौसम पुर्वानुमान

काठमाडौ । जल तथा मौसम पूर्वानुमान महााशाखाले आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ । बिहानैदेखि देशका केही प्रदेश र जिल्लाहरुमा हल्का बदली रही वर्षाको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो पनि देशैभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले  जनाएको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता फेरि प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महााशाखाले उल्लेख गरेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्