ठेक्का प्रक्रियाबाट किन पछि हट्यो रेल विभाग

काठमाडौं । रेल विभाग रेलमार्गको ठेक्का प्रक्रियाबाट पछि हटेको छ । सो विभागले मंगलबार सूचना जारी गर्दै यसअघि जारी गरी सो ठेक्का सम्झौताबाट पछि हटेको जनाएको छ ।

यसअघि सो विभागले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत झापाको काँकडभित्तादेखि सुनसरीको इनरुवासम्मको एक सय ६ किलोमिटरको रेलवे ट्राकबेड निर्माणका लागि विनाटेन्डर ठेक्का आह्वान गरेको थियो । चौतर्फी आलोचनापश्चात् रेल विभाग आफैँ सूचना जारी गर्दै यसअघिको निर्णयबाट पछि हटेको हो ।

विभागले प्रक्रिया नै पूरा नगरी रेलमार्गको ठेक्का आह्वान गरेको थियो । सार्वजनिक खरिद नियमावीमा वातावरणीय प्रभाव मूल्यांकन र मुआब्जा विवाद समाधान भएर साइट क्लियर नगरी कुनै पनि आयोजनाको ठेक्का लगाउन नपाइने व्यवस्था छ । सो आयोजनाको मुआब्जा अझै टुंगिएको छैन ।

 

 

 

प्रतिक्रया दिनुहोस्