देशभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४८ हजार १३८ पुगेको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ६१८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा। गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २२८७ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। देशभर कोरोना निको हुने ६८ प्रतिशत पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ५ हजार ३१० जना रहेका छन्।

 

 

 

 

प्रतिक्रया दिनुहोस्