राजालाई श्री पाँचको पदवी दिनुको तात्पर्य के थियो ?

“श्री” ज्ञानको प्रतीक हो । सबै मानिसमा हुने ज्ञानलाई एउटा श्री लेखिन्छ । सबै कामका लागि अलग अलग श्री संख्या हुन्छ । अर्थश्रुतिमा वर्णन गरिए अनुसार राजाको पदवी “श्री ५” अथवा पाँचवटा महाशक्तिको प्रतीक हो । ती पाँच शक्तिमा क्रमशः परमात्मीय, वैदिक, निग्रह, प्रेरणा र दान शक्तिहरु हुन । पहिलोले सर्वश्रेष्ठता, दोस्रोले सम्राटीय, तेस्रोले साम दाम दण्ड भेद, भौथोले धैर्य तथा दूरदृष्टि र पाँचौले प्रेम र प्रजावात्सल्य जनाउँदछ ।

राजालाई श्री पाँचको पदवी दिनुको तात्पर्य मूलतः पञ्चतत्त्व (पृथ्वी, अग्नि, वायु, तेज,आकाश) को ज्ञाता, पञ्चतत्त्वको संरक्षण गर्न सक्ने क्षमतावान व्यक्तित्वको प्रतीक, पाँच देवत्व (इन्द्र, वरुण, अग्नि, वायु, सूर्य) को प्रतीक, पाँच शुभ वस्तु (पञ्चगव्य, पञ्चामृत, पञ्च पल्लव) को प्रतीक हो । पाञ्चायन देवतामा रहने शक्तियुक्त भनेर पनि मानिएको छ । यसरी वैदिक संस्कारमा पाँच अंकको विशेष महत्त्व हुने हुनाले महाराजधिराज र राजपरिवारका अन्य सदस्यलाई पनि श्री ५ भनेर सम्बोधन गर्ने गरिएको हो ।

ती शक्तिले राजालाई दुगुर्ण नाशक तथा शुभ गुणको रक्षक, ऋद्धिसिद्धियुक्त, प्रजा पाल्ने शक्तियुक्त, लोककल्याण शक्तियुक्त तथा तेजस्विता र विद्धता शक्तियुक्त बनाएका हुन्छन । श्री ५ शब्दलाई पञ्चांग, पञ्चतत्त्व र त्यसबाट देहको उत्पत्ति, देहधित्रका पञ्च ज्ञानेन्द्रिय तथा पञ्च कर्मेन्द्रियको प्रमुख प्रतीकका रुपमा पनि मानिएको हुन्छ ।

पहिले नेपालको सरकारलाई श्री ५ को सरकार भनिन्थ्यो । यस्ता नरश्रेष्ठको अस्तित्व अजरत्व हुने हुनाले राजा भनिएको हो । राजामा दुख आफुले सहन सक्ने र सुख अर्काेलाई दिन सक्ने गुण हुन्छन । राजामा त्रिविध ताप (आध्यात्मिक, आधिदैविक, र आधिभौतिक) शमन गर्ने शक्ति हुनाले उनलाई देवाधिदेव भनिएको हो । आफ्नो देश र देशका नागरिकको त्रिविध ताप शमन गर्ने हक र दायित्व राजा (नरेश) को हुन्छ । ताप समन गर्ने राजाको आव्हानमा जनसहयोग पनि अपरिहार्य हुन्छ । राग, अनुराग र विरागको ज्ञान भएका जनता मात्र राजाका सहयोगी हुन्छन । यस्ता कार्यको आह्वान गर्ने राजामा सृष्टि, स्थिति, प्रलय, अनुग्रह र निग्रहका गुण हुनुपर्दछ ।

वैदिक शासनपद्धतिमा राजा र श्री ५ यी दुई अन्योन्याश्रित अर्थ छ । श्री ५ शब्दले पञ्चागं पञ्चतत्त्व र त्यसबाट देहको उत्पत्ति, देह भित्रका पञ्च ज्ञानेन्द्रिय तथा पञ्च कर्मेन्द्रियको प्रमुख प्रतीकका रुपमा पनि मानिएको हुन्छ । यस्ता नरश्रेष्ठको अस्तित्व अजर हुने हुनाले राजा भनिएको हो।

(- डा.शास्त्रदत्त पन्तको यो लेख हामीले सामाजिक संजालमार्फत साभार गरेका हौ )

 

 

प्रतिक्रया दिनुहोस्