आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

इलाम । आफ्नै आमालाई बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।  इलामका २३ वर्षीय एक युवकले आफ्नै ६३ वर्षीय आमालाई गत भदौ ७ गते राति बलात्कार गरेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार राति ती युवकलाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । ती युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा जाहेरी परेको थियो ।

प्रहरीका अनुसार, परिवारभित्रको घटना भएको र परिचय सार्वजनिक गर्दा थप समस्या हुने भएकाले दुवैको नाम-ठेगाना गोप्य राखिएको छ ।

ती युवकलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थप अगाडि बढाइने सुवेदीले बताए । उनीविरुद्ध जवर्जस्ती करणी, हाडनाता करणी लगायतका मुद्दामा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्