घरको छतबाट खसेर ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरमा भिमदत्त नगरपालिकामा घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ । भिमदत्त नगरपालिका-२ स्थित आफ्नै दुई तल्ले घरको छ्तबाट लडेर वडानम्बर २ का ३५ वर्षीय केशव दत्त जोशीको ज्यान गएको हो ।

मृतक जोशी यातायात ब्यवसायी पवनदुत यातायातका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए ।छतबाट लडेर गम्भीर घाइते बनेका जोशीलाई उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो ।

जोशीको उपचारका क्रममा मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए ।

 

 

प्रतिक्रया दिनुहोस्