
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार १६७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई ९१८ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कुल ३३ हजार ८८२ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । हाल देशभर १५ हजार २५ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ५ हजार ४८० जना छन् ।
त्यसैगरी कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप ६ जनाको मृत्यु मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१२ जना पुगेको छ ।