आइतबारदेखि लाइसेन्स नवीकरणको काम सुरु हुने

काठमाडौं । लामो समयदेखि रोकिएको लाइसेन्स नवीकरणको काम अब आइतबारदेखि हुने भएको छ।

भदौ ३ देखि उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनाले सूचना जारी गरी नवीकरणको काम सुरु हुने जनाएको हो।

बिहीबार यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य पुनः सुरु गर्ने उल्लेख गरेको छ।

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ देखि रोकिएको लाइसेन्स नवीकरणको काम पुनः रोकिएको थियो।

 

 

 

प्रतिक्रया दिनुहोस्