एकैदिन १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १८१८ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्