बाँकेमा कोरोना विशेष अस्पतालको उद्घाटन

नेपालगञ्ज । भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल सञ्चालन सुरु भएको छ । बिहीबार  एक कार्यक्रमबीच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका छन् ।

सो अस्पताल उद्घाटन गर्दै मन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग अपेक्षा गरेको बताए ।  सो कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ शय्याको छ।

निकट भविष्यमै अस्पताललाई १००शय्याको बनाउने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्