पछिल्लो २४ घण्टामा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ५२ हजार नजिक

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ७०२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ९७२ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ७८ जना रहेका छन्।

 

 

 

 

प्रतिक्रया दिनुहोस्