भारत कोरोना संक्रमणको इपिसेन्टर बन्यो,दैनिक संक्रमितको सङ्ख्या लाख नजिक

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । कोरोना भाइरसका कारण दैनिक रूपमा संक्रमित र मृत्युदर समेत भारतमा बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९६ हजार ५५१ कोरोना संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै बढी सङ्ख्या हो । अघिल्लो २४ घण्टामा त्यहाँ ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा १ हजार २०९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।भारतमा हालसम्म ४५ लाख ६२ हजार ४१४ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ हजार २७१ पुगेको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्