उत्तर कोरियामा चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश

एजेन्सी । उत्तर कोरियाले कोरोना नियन्त्रणका लागी भन्दै कडा कदम उठाएको छ ।कोरियाली अधिकारीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् । जबकी, चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो ।

अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो ।

अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता नभएको उत्तर कोरियाले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो ।

समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ ।समाचारअनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुले कारण नसोधी गोली हान्न सक्ने छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्