काङ्ग्रेस नेता शाहले गरिदिए २४५ जनाका लागि २ करोड ४५ लाखको कोरोना बीमा

रमेश बम,कैलाली । कोरोना भाइरसको महामारीमा अग्रपङ्तिमा रहेर काम गर्ने २४५ जनाको स्वास्थ्य बीमा गरिएको छ । नेपाली काङ्ग्रेस कैलाली क्षेत्र नम्बर २ का महासमिति सदस्य तथा युवा नेता कमल बहादुर शाहको संयोजनमा कोरोना जोखिम मोलेर काम गर्ने यहाँका महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालक गरि २४५ जनाको बीमा गरिएको हो ।

कोरोना महामारीको अग्रपङ्तिमा रही काम गर्ने महिला स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाको जीवन सुरक्षार्थ शाहले आफ्नै पहलमा करिब दुई करोड ४५ लाख बराबरको बीमा गरिदिएका हुन ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि शाहले कैलाली जिल्लाका टीकापुर, जानकी ,बर्दगोरिया,मोहन्याल, लम्कीचुहा लगाएतका क्षेत्रमा अग्रपङ्तिमा रही खटियर कामगर्ने महिला स्वास्थ्य स्वयमसेविका र एम्बुलेन्स चालकसहित २४५ जनाको कोरोना जोखिम बहन बीमा पोलिसि फायल शनिबार एक कार्यक्रमका बीच लम्कीमा हस्तान्तरण गरिएको छ ।

यस क्षेत्रका २८ जना एम्बुलेन्स चालक र कैलाली क्षेत्र नम्बर २ अन्तरगतका २ सय १७ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुको प्रति ब्यक्ति १ लाख बराबरको उपचार खर्च पाउने उक्त जोखिम बहन बीमा फाइल सम्बन्धित क्षेत्रमा रहेका जनप्रतिनिधिमार्फत हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा काङ्ग्रेस पुर्ब सभाषद तथा महासमिति सदस्य मान बहादुर महत्तो, महासमिति सदस्य दलबिर साउद ,धर्मराज न्यौपाने, शिबा थापा न्यौपाने ,अरुण चौधरी ,घनश्याम जोशी, शुशिला शाही ,जानकि गाउँपालिका प्रमुख प्रदिप चौधरी ,बर्दगोरिया गाउँपालिकाका प्रमुख बलिराम डगौरा (चौधरी) तथा विभिन्न वडाका वडाध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो ।

जिल्लाकै विकट मानिएको मोहन्याल गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालकको बीमा फाइल भने केहिदिनमा सम्बन्धित संस्थामा पुरयाइने जनाईएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्