कस्तो रहला आजको मौसम ? यस्तो छ मौसम विभागको चेतावनी

काठमाडौं। जल तथा मौसम पुर्वानुमान महाशाखाले आजपनी देशका विभिन्न स्थानमा वर्षा हुने चेतावनी दिएको छ । महाशाखाका अनुसार आइतबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राती भने देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौ उपत्यका लगायतका ठाउँमा आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा बिहान ५:३० देखि वर्षा भइरहेको हो। यो क्रम अझै दुई घण्टाजति जारी रहने सम्भावना छ।

‘उपत्यकामा कतै हल्का, कतै मध्यमसम्म वर्षा भइरहेको विभागले जनाएको छ ।  बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकालगायत पहाडी स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिममा भने आज खासै वर्षाको सम्भावना देखिएको छैन।

 

 

 

प्रतिक्रया दिनुहोस्