कोरोना संक्रमणबाट तनहुँमा एक ७६ वर्षीया महिलाको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

ती महिलामा मुटुसम्बन्धी समस्या थियो । भदौ २० गते अस्पताल भर्ना हुनुभएका उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । यो सँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्