
काठमाडौ । भारतका पूर्वकेन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको आइतबार निधन भएको छ ।
उनको ७४ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा उपचारकाे क्रममा निधन भएको हो । कोरोना संक्रमणमुक्त भए पनि सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या देखिन सुरु भएको थियो ।
११ सेप्टेम्बर राति १२ बजेतिर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि रघुवंशलाई भेन्टिलेटरमा राखिएको थियो । गत जुन महिनामा उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए ।