देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार १५९ पुग्यो

काठमाडौ । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ३९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३९ संक्रमित थपिएका हुन् ।

उनका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १७३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३८ हजार ६९७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ३६५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख  ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ७३० जना र होम आइसोलेसनमा ५ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्