
बाँके । बाँकेमा आफ्नौ ज्वाइँको हत्या गरेको आरोपमा प्रहरीले ससुरासहित ५ जना पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जनाकारी अनुसार नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा नरेश चमारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आफ्नी श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी गम्भीर घाइते बनाएर नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
घटनाको जनाकारी पाएलगत्तै घटनस्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।