देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा,सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षाको चेतावनी दिएको छ ।महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा हल्का बदली भइ भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यतया  बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र  सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छभने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्