धरानमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । धरानमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

आइतबार राती मोरङ जिल्ला धनपाल गाउँपालिका– ६ निवासी कोरोना संक्रमित पुरुषको मृत्यु भएको उक्त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।  ·

 

 

 

प्रतिक्रया दिनुहोस्