फेरि बढ्यो सुन ,कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

त्यसैगरी, तेजावी सुन तोलामा ९६ हजार ४०० मा कारोबार भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार तोलामा १३१० मा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्