भीम अस्पतालमा  ५८ वर्षीय कोरोना संक्रमितको मृत्यु

बुटवल ।  भैरहवास्थित भीम अस्पतालमा  ५८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको  उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवलमा बस्दै आएका उनी भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएसँगै भीम अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनको मृत्यु  उपचारका क्रममा आइतबार राति  भएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्