मौसम पुर्वानुमान : मौसम बदलीसंगै भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) देशका धेरैजसो स्थानमा मौसम वदलि भैइ वर्षाहुने जनाएको छ । आज बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै विभागले सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज दिउँसो पनि देशभर सामान्यतया बदली रही केही नहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही   स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्