कोरोना संक्रमित बाराकी एक महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमित बाराकी एक महिलाको मृत्यु भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका– १४ निवासी ५५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । मृतक ती महिलालाई सोमबार विहान मात्रै उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएको केही समयमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेस कुमार चौरसियाले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्