कोरोना भाइरस निष्क्रिय पार्ने औषधि बनेको अमेरिकी वैज्ञानिकहरुको दावी

काठमाडौ । कोरोना महामारीको चपेटामा विश्व समुदाय आक्रान्त बनिरहेको बेला अमेरिकामा भने कोरोना भाइरस निष्क्रिय पार्ने औषधि बनेको दावी गरिएको छ ।

युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरसलाई निष्क्रिय पार्ने औषधिको बिकास गरेको बताइएको छ ।

कोरोना भाइरस निष्क्रिय पार्ने औषधिको बिकास गरिएको बारे सेल नामक जर्नलमा प्रकाशित भएपछि जानकारी सार्वजनिक भएको फक्स न्यूज डटकमले जनाएको छ । यता बैज्ञानिकहरुले कोरोना भाइरस निष्क्रिय गर्ने प्रक्रियालाई सार्स–कोभ २ भनेका छन् ।

निकै सानो बायोलोजिकल कणबाट र्निमाण गरिएको एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो रहेको बताइएको छ । जसको नाम एबी ८ दिइएको छ । यो औषधि परीक्षणको क्रममा मुसा र ह्याम्स्टर्समा सार्स-कोभ २ रोकथाम प्रभावकारी भएको समाचारमा जनाइएको छ । समाचारमा उल्लेख गरिए अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको साइट इफेक्ट नहुने बताइएको छ ।

यो औषधिले कोरोना लागेको बिरामी मात्रै ठिक हुने नभइ कोरोना संक्रमण हुनबाट समेत जोगाउने दाबी गरिएको छ । औषधि निर्माण गर्ने युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको प्रतिनिधिले आौषधिको गरीक्षण गर्दा मुसाहरुको सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइएको दावी गरिएको छ ।

त्यस्तै परीक्षण गरिएका मुसा र अन्य मुसाको दाँजोमा १० गुणाको अन्तर पाईको रिपोर्टमा बताइएको छ ।

– न्युज २४ को सहयोगमा 

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्