एकैदिन थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ५७ हजार नजिक

काठमाडौं। नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १४५९ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । उनीहरुमध्ये ३७१ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १०६२ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ७ हजार २५० जना रहेका छन्।

 

 

 

 

प्रतिक्रया दिनुहोस्