थप ११ जना कोरोना संक्रमितको मृत्यु, नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरि ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यसअधि सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्