भ्रस्टाचारविरुद्ध बर्दगोरियाका युवाहरू एकजुट बन्दै, ६ वटै वडामा बृहद युवा कमिटी गठन हुँदै

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा भ्रस्टाचार विरुद्ध युवा जागरण कार्यक्रम सुरु भएको छ । स्वतन्त्र युवाहरुको संजालमार्फत गाउँपालिका अन्तर्गतका ६ वटै वडामा भ्रस्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यका साथ युवा जागरण कार्यक्रम थालिएको हो ।

युवा जागरण कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६ वटै वडाहरुमा बृह्द युवा कमिटी गठनको कार्यक्रम संचालन गरिएको छ । पहिलो चरणमा हामीले यहाँका सबै वडामा युवा कमिटी गठन गरिरहेका छौ ,भ्रष्टाचार विरुद्धको अभियान सबैको साझा कार्यक्रम हो । यसमा युवा शक्ति बढी जिम्मेवार र सक्रिय बन्न आवस्यक छ भ्रष्टाचार विरुद्ध वकालत गर्दै आएका स्वतन्त्र युवा ज्ञानु बमले भने यो कार्यक्रम सकिए लगतै सम्पुर्ण युवाहरुको सक्रियता र सहयोगमा गाउँपालिका स्तरीय भ्रस्टाचार विरुद्धको कार्यक्रम गर्नेछौ ।

पछिल्लो समय गाउँपालिका विकास निर्माण देखि शिक्षा ,स्वास्थ्य ,खानेपानी लगाएतका हरेक क्षेत्रमा अनियमितता र पारदर्शी काम नभएको व्यापक जनगुनासो सुनिन थालेपछि सरोकारवाला निकायलाई पारदर्शी र जवाफदेही बनाई भ्रस्टाचार न्यूनीकरणमा सहयोग पुर्याउने उदेश्यका साथ गाउँपालिका अंतरगतका ६ वटै वडामा रहेका युवाहरूलाई भ्रस्टाचार विरुद्धको अभियानमा सक्रिय बनाउने काम थालिएको उनले बताए ।
देशभरका स्थानीय तहमध्य बर्दगोरिया यस्तो पालिका हो जहाँका ६ वटै वडाले विगत तीन वर्षदेखि सार्वजनिक सुनुवाइ समेत गरेका छैन्न । यतिमात्र नभैइ स्थानीय स्तरमा हुने विकास निर्माणका योजना बारे समेत नागरिकलाई स्पस्ट रूपमा जानकारी नदिने गरेको थुप्रै जनगुनासो आउने गरेका छ्न भने कुन योजना कहाँ बन्दैछ,त्यसको लागत कती हो आफ्नो वडामा कति बजेट कुन कुन शिर्षकमा कहाँ के कति छ भन्नेवारे समेत स्थानीय अनविज्ञ देखिन्छन् । त्यसका लागि पनि यो कार्यक्रम अनिवार्य गर्नुपर्ने आवस्यकता रहेको नागरिक भनाई छ ।

भ्रष्टाचार विरुद्ध युवा जागरण कार्यक्रम अन्तर्गत केही वडामा यसअधि नै युवा कमिटी गठन गरिसकिएको छ भने वडा नम्बर तीनको रानिकुन्ठामा मंगलवार भीम बहादुर बि.क.को अध्यक्षतामा कमिटी गठन गरिएको छ । बाकी वडामा बुधबारदेखि कमिटी गठनको कार्य गरिने जनाएको छ । ६ वटै वडामा युवा कमिटी गठन गरिसकेपछि सयुक्त रूपमा युवाहरुको बृहत भेला हुने र गाउँपालिकामा भ्रष्टाचार विरुद्धको कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे निर्णय हुने जनाएको छ । यसैगरी कोरोना महामारीका बिचमा गाउँपालिकामा गरिएको खर्च विवरणमा थुप्रै अनियमितताको आसङ्का सहित त्यसको यथार्थ विवरण मागगर्ने पहिलो काम हुने जनाईएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्