सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

काठमाडौं । बुधबार एकाबिहानै भुकम्पको धक्का महशुस गरिएको छ । बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।

भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले पारेकाे क्षति भने आउन बाँकी छ । सिन्धुपाल्चोककाे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार केन्द्रबिन्दु क्षेत्रमा प्रहरीकाे टोली परिचालन भइसकेकाे छ ।

 

 

प्रतिक्रया दिनुहोस्